Like us!
Follow us!

नाफामा अब्बल बन्दै ग्लोबल आइएमई बैंक !

नाफामा अब्बल बन्दै ग्लोबल आइएमई बैंक !

लगानीखबर काठमाडौं–  ग्लोवल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण  सार्वजनिक गरेको छ ।  उक्त वित्तिय विवरण अनुसार बैंकले गत वर्ष २०७६/७७ मा ३ अर्ब १४ करोड नाफा गरेको छ । बैंकले  वर्ष २०७५/७६ मा नाफा २ अर्ब ७५ करोड रहेको थियो ।

१८ अर्ब ७५ करोड चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ७३ करोड गरेको जनाएको छ । 

बैंकको रिजर्भमा ८ अर्ब ४१ करोड रुपैयाँ छ । जनताको स्वापको पैसाको आधारमा बैंकको लाभांश क्षमता १६ प्रतिशत हुने देखिन्छ । तर पूर्ण लेखापरीक्षण हुँदा यो रकम फरक पर्नसक्छ ।बैंकको निक्षेप २ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ भने १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा रहेको छ ।

ग्लोवल आइएमई बैंकको पूँजीकोष अनुपात १२.४१ प्रतिशत छ ।कोभिड १९ को असर ग्लोवल आइएमई बैंकलाई पनि परेको देखिएको छ । जसको कारण खराब कर्जा अनुपात एनपीएल गत वर्षभन्दा बढेको छ । गतवर्ष ०।५५ प्रतिशत रहेको एनपीएल यो वर्ष १।८० प्रतिशत रहेको छ ।

८.४२ प्रतिशत रहेको ग्लोवल आइएमई बैंकको बेसरेट ८.४२ प्रतिशत छ भने स्प्रेडदर ४.४३ प्रतिशत छ । प्रतिशेयर आम्दानी १६.२७ रुपैयाँ छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।