Like us!
Follow us!

यसकारण महिला सहयात्रा लघुवित्तको शेयर कारोबार रोक्का

यसकारण महिला सहयात्रा लघुवित्तको शेयर कारोबार रोक्का

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिएकाे छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएकाे छ ।

त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर काराेबार आज (माघ ९ गते, शुक्रबार) बाट राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

600aa68447c7c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।