Like us!
Follow us!

पुस महिनामा १ खर्ब ३६ अर्बको आयात

पुस महिनामा १ खर्ब ३६ अर्बको आयात

लगानी खबर, काठमाडौं – भन्सार विभागले चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनाको तथ्याङ्क सार्वजनिक गरेकाे छ ।

उक्त तथ्याङ्क अनुसार  ६ महिनाको अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशत कम वस्तु आयात भएको हाे । गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो । 

यसैगरी, ६ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.१४ प्रतिशतले निर्यातमा वृद्धि भएको हाे । गत आर्थिक वर्षकाे सोही अवधिमा रु ५७ अर्ब २७ करोड ७९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।

त्यसैगरी, चालु आर्थिक वर्षकाे पहिलाे ६ महिनाको तुलनामा पाैष महिनामा मात्र १ खर्ब ३६ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।