Like us!
Follow us!

ग्रीनलाइफ हाइड्रोले माघको तेस्रो सातादेखि आइपिओ निष्कासन गर्ने

ग्रीनलाइफ हाइड्रोले माघको तेस्रो सातादेखि आइपिओ निष्कासन गर्ने

लगानी खबर, काठमाडौँ - ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघको तेस्रो सातादेखि साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ ।

कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब ८० करोड रूपैयाँको १० प्रतिशत अर्थात १८ करोड रूपैयाँ बराबरको  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको १८ लाख कित्ता शेयरहरू तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरहरूमध्ये बिक्री नभएका १६ हजार ९६ हजार ४ सय कित्ता शेयर गरी जम्मा ३४ हजार ९६ हजार ४ सय कित्ता साधारण शेयर (सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि समेत गरि) निष्कासन गर्न धितोपत्र बोर्डले माघ २ गते, शुक्रबार अनुमति प्रदान गरिसकेकाे छ ।

ग्रीन लाईफ हाइड्रोपावर लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।

ग्रीन लाईफ हाईड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६६ साल आश्विन ०४ गते नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रीनलाइफ इनर्जीको रूपमा दर्ता भई मिति २०७४ साल आषाढ ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । 

 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।