Like us!
Follow us!

भायानेटले ल्यायो EMI अफर

भायानेटले ल्यायो EMI अफर

लगानी खबर, काठमाडौं –  भायानेटले ग्राहकहरूलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि EMI अफर ल्याएको छ ।

EMI अफर अन्तर्गत ग्राहकहरूले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरी EMI अर्थात् मासिक किस्ताबन्दीमा सरल रूपले शुल्क तिर्न सकिने प्रावधान छ । 

यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक EMI मात्र १ हजार ९५६ तिरेमा पाउनेछन् १२ महिनाको अवधिको ३० Mbps इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाइ डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) सहित । EMI अफर लिने ग्राहकलाई थप एक हजार रिवार्ड प्वाईट पनि उपलब्ध गराइनेछ । यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध छ ।

यो अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरूको लागि सीमित छ । तर छिट्टै नबिल बैंक र अन्य बैंकहरूसँग पनि समझदारी हुने बताइएको छ ।

यसरी EMI मा पैसा तिर्दा ग्राहकहरूले १ वर्षको इन्टरनेट सहित जडान खर्च र डिभाइसहरूको मूल्य सजिलै मासिक रूपमा बिस्तारै तिर्ने सुविधा प्रदान गरिएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।