Like us!
Follow us!

मञ्जुश्री फाइनान्सको ऋणपत्र  माघ १८ गतेदेखि बजारमा आउँदै, व्याजदर कति ?

मञ्जुश्री फाइनान्सको ऋणपत्र  माघ १८ गतेदेखि बजारमा आउँदै, व्याजदर कति ?

लगानी खबर, काठमाडौँ -  मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गते आइतबारबाट ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये फाइनान्सले सर्वसाधारणका लागि २ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ३ लाख कित्ता बिक्री गर्नेछ । 

फाइनान्सले ८ वर्ष अवधिको लागि ‘९.५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५’ नाम गरेकाे ऋणपत्र निष्कासन गर्न असोज २१ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाेमा बोर्डले फाइनान्सलाई पाैष २६ गते, आइतबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियाे ।

काे हाे बिक्री प्रबन्धक ?

फाइनान्सकाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

माघ १८ गते आइतबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा माघ २१ गतेसम्म र ढिलोमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, मञ्जुश्री फाइनान्स लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

600a7340246d3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।