Like us!
Follow us!

सहारा विकास बैंकको ९ लाख २१ हजार कित्ता हकप्रद शेयरकाे लिलामी बिक्री खुल्यो !

सहारा विकास बैंकको ९ लाख २१ हजार कित्ता हकप्रद शेयरकाे लिलामी बिक्री  खुल्यो !

लगानीखबर काठमाडौं – सहारा विकास बैंक लिमिटेडले लिलामी मार्फत बिक्री गर्न लागेकाे संस्थापक शेयर आज (श्रावण ३० गते शुक्रबार) बाट खुल्ला भएको छ । बैंकले संस्थापक समूहकाे ९ लाख २१ हजार १ सय ४८ दशमलव ७०  कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हाे ।

बैंकले  जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद शेयर खुल्ला गरेकाे थियाे । उक्त अवधिभित्र आवेदन नपरेकाे बाँकी शेयर बैंकले लिलामी मार्फत बिक्री गर्न लागेकाे हाे । 

उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आज साउन ३० गते शुक्रबारदेखि भदौ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंककाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले एनआइबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय तथा सहारा विकास बैंकका सबै शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङ शाखाबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।