Like us!
Follow us!

सामुदायिक लघुवित्तले बनायो शेयरधनीलाई निराश

सामुदायिक लघुवित्तले बनायो शेयरधनीलाई निराश

लगानी खबर, काठमाडौँ - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । 

संस्थाकाे माघ ८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले चालु आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

संस्थाले लाभांश बिना नै फागुन ५ गतेका लागि साताैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाले साधारण सभा प्रयाेजनका लागि माघ २५ गते बुकक्लाेज गर्नेछ । त्यसैले, माघ २४ गतेसम्म नेप्सेमा काराेबार भएर कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

600a62d81b2af.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।