Like us!
Follow us!

इन्फिनिटी लघुवित्तको शेयरमूल्य समायाेजन, कतिमा खुल्छ कारोबार ?

इन्फिनिटी लघुवित्तको शेयरमूल्य समायाेजन, कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।

संस्थाकाे १४.७५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३ सय ४० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ५ सय ३८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाकाे चाैथाे वार्षिक साधारण सभा माघ २४ गते, शनिबार संस्थाकाे केन्द्रिय कार्यालय, गैँडाकाेट नवलपुरमा बिहान ११ बजेदेखि सुरू हुँदैछ ।

सभामा संस्थाकाे मंसिर १९ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

600a320c3ebe9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।