Like us!
Follow us!

चन्द्रागिरी हिल्सको आइपिओ आज बाँडफाँड हुँदै : शेयर पाउने भाग्यमानी कति ?

चन्द्रागिरी हिल्सको आइपिओ आज बाँडफाँड हुँदै : शेयर पाउने भाग्यमानी कति ?

लगानी खबर, काठमाडौँ - चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर (आइपीओ) आज (माघ ९ गते, शुक्रबार)  बाँडफाँड हुँदैछ । बुधबार प्रि– अलोटमेण्ट सम्पन्न भएकाे उक्त आइपीओकाे बाँडफाँड आज बिहान १० बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा हुनेछ ।

कम्पनीकाे आइपीओमा अन्तिम दिनसम्ममा १२ लाख ५१ हजार १० जना आवेदकले २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १७.५३ गुणा धेरै हो । 

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा एक लाख ३९ हजार ६ सय २ जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ११ लाख ११ हजार भन्दा धेरै जनाको हात खाली हुनेछ ।

कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ कराेड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरकाे १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।