लगानी खबर, काठमाडौँ - आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ । यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले निम्न विशेषताहरू सहितको आइएमई पे वालेट आम सेवाग्राहीहरूको सहज डिजिटल सेवाका लागि प्रस्तुत गरेको छ ।
नयाँ र सुधारिएको डिजाइन
विज्ञान र प्रविधिको अभूतपूर्व विकाससँगै आम सेवाग्राहीहरूको सयमानुकूलको मागलाई सम्बोधन गर्नेगरी आइएमई पे एपलाई अहिलेसम्मकै सबैभन्दा राम्रो भर्सनमा डिजाइन गरिएको छ । एपलाई प्रयोगकर्तामैत्री बनाउन युआइसहित थप सेवा सुविधाहरुलाई परिभाषित गरिएको छ । चुस्त कार्यप्रणाली, सेवाक्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य मुख्य उद्देश्यहरुलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएकोले यो एपको प्रयोग सबै डिजिटल वालेट प्रयोगकर्ताहरूको रोजाईमा पर्ने विश्वास कम्पनीले लिएको छ । डिजिटल पेमेन्ट उद्योगको फस्टाउँदो अवस्थासँगै आम उपभोक्ताहरु पनि यसको प्रयोगमा अभ्यस्त हुँदै आएको सन्दर्भमा कम्पनी डिजिटल पेमेन्ट उद्योगलाई थप प्रवद्र्घन गर्न प्रतिवद्ध रहँदै आएको छ ।
पैसा बढ्ने सुपर वालेट
बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेको जनसंख्यालाई फाइनान्सियल सेवा उपलब्ध गराउनु आइएमई पे वालेटको मुख्य उद्देश्य हो । देशको जुनसुकै भूगोल विशेषतः ग्रामिण क्षेत्र जहाँको ठूलो जनसंख्या बैंकिङ्ग पहुँचभन्दा वाहिर रहन वाध्य छ त्यसलाई फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा अघि सारेको छ । आइएमईका सेवा केन्द्रहरूमा रहँदै आएको आमसेवाग्राहीहरूको अभ्यस्त पहुँचका कारण कम्पनीको त्यो उद्देश्य सहजै पूर्ति हुने आधारहरू पहिला नै तयार भइसकेको छ । सामान्यतयाः आइएमई पे वालेटमा कम्तिमा १ हजार नेपाली रुपैयाँ मैजादा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ ।
पैसा पठाउने सेवा निशूल्क
नगदरहित आर्थिक कारोबारलाई प्रवद्र्घन गर्नु डिजिटल पेमेन्ट उद्योगको मुख्य उद्देश्य हो । यसर्थ, यहाँ पैसा पठाउने कार्यलाई नगदरहित भनेर नै बुझ्नुपर्ने हुन्छ । पहिला पहिला एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउने कार्य त्यति सजिलो थिएन । अहिले डिजिटल एपको बढ्दो प्रयोगसँगै एक शहर/गाउँबाट अर्को शहर÷गाउँसम्म पैसा पठाउन सजिलो छ । पैसा पठाउने र भुक्तानी गर्ने सेवाहरू मान्छेले प्रयोग गर्दै आइरहेका फोन फोनमा उपलब्ध छन् । आम उपभोक्ताले कुनै पनि मोबाइल नम्बरमा आइएमई पे मार्फत पैसा पठाउँदा पूर्णतः निशूल्क सेवा प्राप्त गर्न सक्नुहुनेछ । प्रापक र प्रेषकले ‘ आइएमई पे ’ मोबाइल वालेट एप डाउनलोड गरिसक्नुभएको यदि छैन भने यो सेवाका लागि दुवैले पहिला उक्त एप डाउनलोड गर्नुपर्ने हुन्छ ।
बैंक ट्रान्सफर शूल्क रू. १ बाट शुरू
आइएमई पेमा आवद्ध पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘ आइएमई पे ’ एप प्रयोग गरि कारोबार गर्दा प्रति कारोबार मात्र रू.१ बाट सेवाशूल्क शुरू हुनेछ । आर्थिक कारोबारको प्रयोगलाई ध्यानमा राख्दै आम उपभोक्तालाई आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थाबाट नै गर्न प्रोत्साहित गर्ने मुख्य उद्देश्यका साथ यो सेवा प्रदान गर्न लागिएको हो ।
एउटा ट्रान्जेक्सनको सेवाशूल्क पूर्णतः निशूल्क
आइएमई पेको मातृ संस्था आइएमईका देशभर रहेको एजेण्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निशूल्क हुनेछ । यो सेवा आफुलाई पायक पर्ने देशभरका जुनसुकै आइएमई एजेण्टमा उपलब्ध हुनेछ ।
यो सेवासँगै देशभरका कुनाकाप्चामा मानव एटीएमको सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ ।
टपअपमा पाँच प्रतिशत क्यास ब्याक
डिजिटल भुक्तानीका लागि तपाइँहरुको मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपका कारण दैनिक उपभोग्य सेवाहरूको शूल्क भुक्तानी सरल र सहज बन्दै आएको विदितै छ । यो सेवालाई थप प्रवद्र्घन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आइएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।