Like us!
Follow us!

एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु हुँदै

एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु हुँदै

लगानीखबर, काठमाडौं - एनएमबि बैंक लिमिटेड र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले भाद्र ७ गते आइतबारबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै बैंककाे असार २१ गते आइतबार सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यसैगरी, दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले श्रावण २५ गते आइतबार र कम्पनी रजिष्ट्रार कार्यालयले श्रावण २८ गते बुधबार अन्तिम स्वीकृति दिइसकेका छन् । 

त्यसैगरी,  एकीकृत कारोबार गर्ने प्रयाेजनका लागि भाद्र ५ गते शुक्रबार र ६ गते शनिबार बैंकका एटिएम तथा डिजीटल माध्यमबाट हुने काराेबारहरू केही अवरूद्द हुने पनि बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।