Like us!
Follow us!

सोनापुर मिनरल्स्ले २ करोड कित्ता आइपिओ निष्कासन गर्ने

सोनापुर मिनरल्स्ले २ करोड कित्ता आइपिओ निष्कासन गर्ने

लगानी खबर, काठमाडौँ - सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ । 

कम्पनीले स्थानिय बासिन्दाहरू तथा सर्वसाधारणलाई २ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्रीका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ  । 

उक्त सम्झाैतापत्रमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक निपेश तायल र  एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

दाङ जिल्लामा अवस्थित सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।