लगानी खबर, काठमाडौं – सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५० करोड रूपैयाँ बराबरकाे ५० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ५ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।
कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले साधारण शेयर (आइपिओ) निष्कासन गर्न प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई र निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेकाे छ । साथै, नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत गरिएको छ ।
उर्जा डेभलपर्स प्राइभेट लिमिटेडको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाबाट वार्षिक उत्पादन हुने ५३.२८ गिगावाट उर्जा ईलाम जिल्लाको गोदक स्थित नेपाल विद्युत प्राधिकरणको ३३/१३२ के.भी गोदक सवस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।