Like us!
Follow us!

लगानी गर्न पैसा जम्मा गर्नुस् : ग्रीनलाइफ हाइड्रोले पायो आइपिओ ल्याउन बोर्डबाट अनुमति

लगानी गर्न पैसा जम्मा गर्नुस् : ग्रीनलाइफ हाइड्रोले पायो आइपिओ ल्याउन बोर्डबाट अनुमति

लगानी खबर, काठमाडौँ - ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर  (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल वैशाख ९ गते सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले माघ २ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

6009689e5c375.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।