Like us!
Follow us!

३०.२७ प्रतिशतले बढ्यो मुक्तिनाथ विकास बैंकको नाफा (विवरणसहित)

३०.२७ प्रतिशतले बढ्यो मुक्तिनाथ विकास बैंकको नाफा (विवरणसहित)

लगानी खबर, काठमाडौँ - मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे नाफा बढेकाे छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६१ करोड ५५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ३०.२७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४७ करोड २५ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

दोस्रो त्रैमासमा बैंकले १ अर्ब १६ करोड २४ लाख ३८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त व्याज आम्दानी गत वर्षकाे सोही अवधिको तुलनामा ५.७९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ९ करोड ८७ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले सञ्चालन मुनाफा पनि २८.१९ प्रतिशतले बढाएर ८६ करोड ५२ लाख १० हजार रुपैयाँ पुर्याएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले  ६७ करोड ४९ लाख ३९ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ, जगेडा कोषमा ९३ लाख ३० हजार रुपैयाँ, प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४२ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

6009029ad0d89.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।