लगानी खबर, काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गते शुक्रबारबाट ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।
बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाम गरेकाे ऋणपत्र निष्कासन गर्न असाेज ५ गते साेमबार निवेदन पेश गरेकाेमा बोर्डले बैंकलाईमंसिर १८ गते, बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियाे ।
काे हाे बिक्री प्रबन्धक ?
बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
माघ १६ गते शुक्रबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा माघ २० गतेसम्म र ढिलोमा माघ ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड,नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
ऋणपत्रकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।