लगानी खबर, काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २७.२६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
दोस्रो त्रैमासमा बैंकले १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १२.३९ प्रतिशतले धेरै हाे । त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा २१.५६ प्रतिशतले धेरै हाे ।
यसका साथै, दोस्रो त्रैमासमा बैंककाे अन्य सञ्चालन आम्दानी २ करोड ६३ लाख रुपैयाँबाट बढेर ११ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंककाे चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा र प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ९५ पैसा रहेकाे छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।