Like us!
Follow us!

यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न : पारित भए यी एजेन्डा

यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न : पारित भए यी एजेन्डा

लगानी खबर, काठमाडौँ - युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २६औं वार्षिक साधारण सभा आज माघ ७ गते वेभिनार मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएकाे छ । 

सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरू पारित गरिएकाे छ । आर्थिक वर्ष २०७६।०७७ का लागी बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्टलाई नियुक्त गरिएकाे छ । 

कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिबाट पारित भएकाे छ । 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।