लगानी खबर, काठमाडौँ - आज (बुधबार) शेयर कारोबार मापक नेप्से परिसूचक १५.८७ अंकले बढेर २३४२.७६ विन्दुमा पुगेकाे छ । नेप्से ०.६८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.१८ अंकले बढेर ४४३ मा पुगेको छ ।
कूल २११ वटा कम्पनीकाे एक कराेड करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, बुधबार बेष्ट फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकाशी डेभलपमेन्ट बैंक लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल हाइड्रो डेभलोपर्स, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड, सेन्ट्रल फाइनान्स लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै कमाएका छन् । बुधबार यी सबै कम्पनीकाे शेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।