लगानी खबर, काठमाडौँ - पछिल्लाे समय नेपाली शेयर बजारले प्राय दिनउँ जसाे नयाँ रेकर्ड बनाउन थालेकाे छ । लगानीकर्ताहरू पनि उत्साहित बनेर लगानी गरिरहेका छन् । हाल हाइड्रोपावरमा पनि लगानीकर्ताहरूकाे आकर्षण बढेकाे छ । यस्तै, बेलामा थप एउटा हाइड्रोपावरले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ८२ करोड ५० लाख रुपैयाँ बराबरको ८२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे हाे ।
कम्पनीले उक्त आइपिओ निष्कासन तथा बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झाैता पत्रमा सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावरको तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् ।
कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई मिति २०७५ फाल्गुण १५ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङ्ग जिल्लामा ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ निर्माण गरीरहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।