Like us!
Follow us!

प्राइम लाइफ इन्स्योरेन्सले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

प्राइम लाइफ इन्स्योरेन्सले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौँ - प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

कम्पनीको पाैष २७ गते साेमबार सम्पन्न भएकाे तेर्हाैँ वार्षिक साधारण सभाले पारित गरेकाे हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश पुस १६ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे बैंक खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे लाभांश प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । 

कम्पनीकाे शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6007963d06486.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।