लगानी खबर, काठमाडौँ - युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २६औं वार्षिक साधारण सभा आज (माघ ७ गते, बुधबार) हुँदैछ ।
कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको २६औं वार्षिक साधारण सभा हाेटल हिमालय, ललितपुरमा बिहान १०:३० बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ ।
सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।
यसका साथै, सभामा बीमा समितिको स्वीकृति बमोजिम संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व संरचना परिवर्तन गरि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेकाे छ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पुस २१ गते बुकक्लाेज गरेको थियाे । त्यसैले, पुस २० गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।