Like us!
Follow us!

आइपिओमा ऐतिहासिक रेकर्ड कायम : निफ्राको आइपिओमा १५ लाख २९ हजार जनाले दिए आवेदन

आइपिओमा ऐतिहासिक रेकर्ड कायम : निफ्राको आइपिओमा १५ लाख २९ हजार जनाले दिए आवेदन

लगानी खबर, काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण शेयर (आइपीओ) काे आज अन्तिम दिन पनि लगानीकर्ताको उस्तै ओइरो लागेकाे छ ।

अन्तिम दिन बेलुका ६ बजेसम्ममा १५ लाख २९ हजार ६ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बरारबकाे १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणका लागि माग गरिएकाे ७ करोड ५८ लाख ४० हजार भन्दा २.४९ गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएकाले थाेरै तलमाथि हुन सक्नेछ । नेपालमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो ।

बैंकले माघ २ गते, शुक्रबारदेखि आज (माघ ६ गते, मंगलबार) सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे छ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।