Like us!
Follow us!

५.५७ अंकले घट्यो शेयर बजार : ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

५.५७ अंकले घट्यो शेयर बजार : ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

लगानी खबर, काठमाडौँ - आज (मंगलबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले घटेर २३२६.९० मा पुगेकाे छ । नेप्से ०.२४ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.८५  अंकले घटेर ४४२.८२ मा पुगेको छ ।

कूल २०६ वटा कम्पनीकाे एक कराेड ६३ लाख ५ हजार एक सय ४१ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

त्यसैगरी, मंगलबार ७ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गोर्खाज फाइनान्स लिमिटेड, प्रोग्रेसिभ फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड,  नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाइनान्स लिमिटेड र प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

           हेराैं आजकाे शेयर तालिका :

6006b64c819ad.jpg 6006b6560b3d2.jpg 6006b65c70d00.jpg 6006b66231e24.jpg 6006b66a4f2c1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।