Like us!
Follow us!

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ छिनोफानो फागुन २ गते !

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ छिनोफानो फागुन २ गते !

लगानी खबर, काठमाडौँ - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे पाैष २९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा फागुन २ गते , आइतबार,आम्रपाली ब्याङ्कवेट, नक्साल, काठमाडौंमा दिउँसाे ३ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यसैगरी, सभामा धितोपत्र दर्ता गरी आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रूपैयाँ बराबरकाे ७५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्दैछ । कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ कराेड रूपैयाँ रहेको छ ।  साधारण शेयर (आइपिओ) निष्कासन गरे पश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब ५० कराेड रूपैयाँ पुग्नेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60064fcb10400.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।