लगानी खबर, काठमाडौँ - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण बुझाएकाे छ । याे सँगै नेप्सेले संस्थाकाे काराेबार पनि फुकुवा गरेकाे छ ।
संस्थाले नेप्सेलाई संस्थाको इन्टरनेटमा खराबी आई प्राविधिक समस्याका कारण सूचना अपलोडमा ढिला भएको र अब त्यस्ता प्रकारकाे कमी कमजोरी नगर्ने भनी स्पष्टिकरण पठाएकाे छ ।
यसअघि नेप्सेले लाभांश घोषणा गरिएको सूचना सोहिदिन वा अघिल्लो दिन कारोबार खुल्नु अगाडी नै नेप्से मार्फत जानकारी गराउनुपर्नेमा कम्पनीले ढिलो जानकारी गराएको बताउँदै यस विषयमा के भएको हो र कम्पनीको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे थियाे ।
संस्थाले पुस २७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीकाे ३.५ प्रतिशत बोनस शेयर र ०.१८४२१ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको भनी काराेबार समयमा नै नेप्सेलाई विवरण पठाएकाे थियाे । उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।