Like us!
Follow us!

यी हुन् सोमबार सर्वाधिक कारोबार भएका कम्पनी

यी हुन् सोमबार सर्वाधिक कारोबार भएका कम्पनी

लगानी खबर, काठमाडौँ - आज (साेमबार) पनि शेयर बजारले नयाँ रेकर्ड बनाएकाे छ । शेयर बजारले रेकर्ड तोड्ने क्रम जारी राख्दै २३३२.३१ विन्दुमा पुगेर बन्द भएकाे छ । यो हालसम्मकै उच्च विन्दु हो ।

साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक शेयर कारोबार मापक नेप्से परिसूचक १७.३१ अंकले बढेर २३३२.३२ विन्दुमा पुगेकाे छ । नेप्से ०.७५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.१८ अंकले बढेर ४४५.६० मा पुगेको छ । कूल २०७ वटा कम्पनीकाे एक कराेड ५४ लाख ९६ हजार ७ सय १४ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १ सय ६६ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा प्रभु बैंक लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड संस्थापक शेयर, लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र फर्स्ट माइक्राेफाइनान्सकाे सर्वाधिक काराेबार भएकाे छ ।

बढेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :

 

60056bf62291b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।