लगानी खबर, काठमाडौँ - आजकाल शेयर बजारले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेपछी लगानीकर्ताहरूमा एउटा छुट्टै उमङ्ग पैदा भएकाे छ । आज पनि नेपाली शेयर बजारले नयाँ इतिहास कायम गरेकाे छ ।
साताको दोस्रो कारोबार दिन साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १७.३१ अंकले बढेर २३३२.३२ विन्दुमा पुगेकाे छ । यो हालसम्मकै उच्च विन्दु हो । नेप्से ०.७५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.१८ अंकले बढेर ४४५.६० मा पुगेको छ ।
कूल २०७ वटा कम्पनीकाे एक कराेड ५४ लाख ९६ हजार ७ सय १४ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १ सय ६६ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, साेमबार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, विशाल बजार कम्पनी, गोर्खाज फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, समिट लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, एचआइडिसीएल, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, बरूण हाइड्राेपावर, कामना सेवा विकास बैंक लिमिटेड र प्राेग्रेशिभ फाइनान्सका शेयरधनीहरूले सबैभन्दा धेरै कमाएका छन् । साेमबार यी सबै कम्पनीकाे शेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।