लगानी खबर, काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (माघ ५ गते, साेमबार) हुँदैछ ।
क्मपनीकाे पाैष ७ गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा कम्पनीकाे कार्तिक २५ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद (कर प्रयाेजनका लागि समेत) गरी कुल १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभाले कम्पनीको शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । संस्थापक समूहकाे ७० प्रतिशत र सर्वसाधारण समुहकाे ३० प्रतिशत रहेको शेयर संरचनालाई परिवर्तन गरी संस्थापक समुहको ६० प्रतिशतमा र सर्वसाधारण समूहको ४० प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरिन लागेकाे हाे ।
त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनकाे लागि पुस १७ गतेदेखि पुस २४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे छ। त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।