Like us!
Follow us!

अशोक लेलैण्डको मेघा विन्टर सर्भिस क्याम्प आजबाट सुरू

अशोक लेलैण्डको मेघा विन्टर सर्भिस क्याम्प आजबाट सुरू

लगानी खबर, काठमाडौँ - आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्धारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरूमा लागु हुनेगरी आज बाट सुरू गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेक्अप पनी उपलब्ध हुने कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकहरूले विभिन्न आकर्षक उपहार साथै ड्राईभरहरूले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनि लिन सक्नेछन् ।

यो सर्भिस क्याम्पको अफरहरू आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरूमा लागु हुनेछ । यो क्याम्पीङ्गमा ग्राहकहरूले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने छन् भने डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्नेछन् ।

सुरक्षित गाडिका लागि जेन्युअन पार्टस् प्रयोग गरौ भन्ने नारा का साथ सुरू भएको यस योजना माघ ४ गतेदेखी १५ गतेसम्म मात्र लागु हुनेछ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।