Like us!
Follow us!

शेयर बजारमा उत्साह जारी : नेप्से २३१५ विन्दुमा रोकिँदा १३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

शेयर बजारमा उत्साह जारी : नेप्से २३१५ विन्दुमा रोकिँदा १३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

लगानी खबर, काठमाडौँ - आजकाल नेपाली शेयर बजारले दिनहुँ जसाे नयाँ रेकर्ड बनाउन थालेकाे छ । शेयर बजारले रेकर्ड ताेड्दै जाँदा लगानीकर्ताहरू पनि थप उत्साहित बन्दै गएका छन् । समग्र नेप्सेमा चमक देखा पर्न थालेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताकाे पहिलाे दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक २८.४६ अंकले बढेर २३१५.०० विन्दुमा पुगेकाे छ । नेप्से १.२४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.१७ अंकले बढेर ४४३.४२ मा पुगेको छ ।

कूल २०८ वटा कम्पनीकाे एक कराेड ५० लाख ३५ हजार २ सय २१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये जलविद्युत बाहेक सबै उपसमूहकाे शेयर बढेकाे छ ।

त्यसैगरी, आइतबार १३ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबार साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला सहयात्रा माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, मञ्जुश्री फाइनान्स लिमिटेड, गरिमा विकास बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड र एचआईडिसीएलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे ।

 हेराैं आजकाे शेयर तालिका :

600413550d46c.jpg 6004135a94f28.jpg 6004136389ac9.jpg 6004136a0413d.jpg 600413718dcc6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।