Like us!
Follow us!

बढ्याे मिथिला लघुवित्तकाे नाफा, कस्ता छन् अरू सूचक ? (सूचीसहित)

बढ्याे मिथिला लघुवित्तकाे नाफा, कस्ता छन् अरू सूचक ? (सूचीसहित)

लगानीखबर, काठमाडाैं - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा संस्थाले २ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २२.६८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्ममा संस्थाले ७ करोड ६५ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ८७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, चौथो त्रैमाससम्ममा संस्थाकाे सञ्चालन मुनाफा पनि २ करोड ९५ लाख रुपैयाँबाट बढाएर ३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १० करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ६ करोड ४५ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ २३ पैसा र प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९५ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।