लगानी खबर, काठमाडौँ - समग्रमा कुरा गर्नुपर्दा यस साताकाे शेयर बजार पनि उत्साहपूर्वक रहेकाे छ । यस सातामा काराेबार भएकाे ४ दिन नै नेप्सेले एक पछि अर्को गर्दै नयाँ नयाँ उचाइ कायम गरेकाे थियाे।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता शेयर कारोबार मापक नेप्से परिसूचक ९२.०६ अंकले बढेर २२८६.५४ विन्दुको एतिहासिक उचाइमा पुगेको छ । नेप्से ४.२० प्रतिशतले बढेकाे हो । यस्तै, यस साता सेन्सेटिभ परिसूचक पनि १४.०३ अंकले बढेर ४३५.२५ मा पुगेकाे छ ।
यसैगरी, यस साता कुल २ लाख १ हजार पटकको कारोबारमा २२ अर्ब ७४ करोड रुपैयाँ बराबरको ५ करोड ५४ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै वटा उपसमूहका परिसूचक बढेका छन् ।
त्यसैगरी, यस साता सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरूले ४५.७३ प्रतिशतका दरले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य सबैभन्दा बढी १९.१५ प्रतिशतले घटेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।