Like us!
Follow us!

माघ ११ गतेबाट टि प्लस टु लागु हुने

माघ ११ गतेबाट टि प्लस टु लागु हुने

लगानी खबर, काठमाडौं – माघ ११ गते आइतबारबाट ‘टी प्लस टु’  लागू हुने भएको छ । 

हिजाे शुक्रबार केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) र ब्रोकरबीच भएकाे छलफलमा माघ ११ गते आइतबारबाट शेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ लागू  गर्ने निर्णय भएको ब्रोकर एशोशियसनका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिएका छन् ।

हाल शेयर बजारमा टि प्लस थ्री को राफसाफ कार्यान्वयनमा रहेको छ । अर्थात शेयर खरिद बिक्रि भएको ३ दिनभित्र शेयर राफसाफ गरि सक्नु पर्ने हुन्छ । ‘टी प्लस टू’ काे व्यवस्था लागू भएसँगै शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेताले शेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने शेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको शेयर आइसक्नु पर्छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।