लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे शेयरमूल्य समायोजन भएको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायोजन गरिएकाे हाे ।
१. तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड
बैंककाे ६ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता १८६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंककाे १४औं वार्षिक साधारण सभा माघ १५ गते बिहीबार अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट, सुख्खानगर, रूपन्देहीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंककाे पाैष १ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशतले हुन आउने १० करोड ८७ लाख ८७ हजार ६ सय ३२ रुपैयाँ ५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
२. नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
कम्पनीकाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार एक सय ७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीको ३२औं वार्षिक साधारण सभा माघ १५ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०:३० बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।