लगानी खबर, काठमाडौँ - माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल लिमिटेडले आज (माघ २ गते, शुक्रबार) देखि एकीकृत कारोबार सुरू गरेका छन् ।
नेपाल धिताेपत्र बाेर्डले मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै क्यापिटललाई पाैष ९ गते अन्तिम स्वीकृती प्रदान गरेकाे थियाे । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पाैष १७ गते स्वीकृती प्रदान गरेकाे थियाे ।
त्यसैगरी, मर्जर पश्चात अब "माछापुच्छ्रे कृति क्यापिटल" को नामबाट एकीकृत कारोबार हुनेछ । एकिकृत कारोबारपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय साविकको कृति क्यापिटलको कार्यालय रहेको स्थान बागदरबार, सुन्धारामा रहनेछ ।
क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।