लगानी खबर, काठमाडौँ - चन्द्रागिरि हिल्स लिमिटेडको ११औं वार्षिक सधारण सभा हिजाे पौष २९ गते बुधबार चन्द्रगिरि हिल्स रिर्सोटमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएकाे उक्त साधारण सभामा कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।
यही साधारण सभाको अवसरमा, चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाइएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्युन रहेको हुँदा सम्पूर्ण आवेदकहरूको सम्मान गर्दै कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिएका छन् ।
स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिनुहुने १२ लाख ५६ हजार ७ सय ४६ जना आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना माघ ५ गतेदेखि १ वर्ष सम्मको लागि मान्य हुनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।