Like us!
Follow us!

हाइड्रोमा लगानी गर्ने कि नगर्ने ? १३ वटा हाइड्रोपावरको आइपिओ आउँदै

हाइड्रोमा लगानी गर्ने कि नगर्ने ? १३ वटा  हाइड्रोपावरको आइपिओ आउँदै

लगानी खबर, काठमाडौँ - पछिल्लाे समय नेपाली शेयर बजारले नयाँ माेड लिइरहेकाे छ । प्राय दिनउँ जसाे नेप्सेले नयाँ रेकर्ड बनाउन थालेपछी लगानीकर्ताहरू पनि उत्साहित बनेर लगानी गर्न थालेका छन् । नयाँ लगानीकर्ताहरूकाे संख्या पनि दिनानुदिन बढ्दाे क्रममा छ । यस्ताे बेलामा हाइड्रोपावरमा पनि लगानीकर्ताहरूकाे आकर्षण बढेकाे छ ।

हाइड्रोपावरकै कुरा गर्दा विभिन्न १३ वटा हाइड्रोपावर कम्पनीले छिट्टै नै साधारण सेयर (आइपिओ) निष्कासन गर्दैछन् । जसमध्ये एउटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेकाे छ भने १२ वटा  हाइड्रोपावर कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) काे स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।

आइपिओ निष्कासन गर्न लागेका १३ वटा हाइड्रोपावर यस प्रकारका छन् :

१. सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेड

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले माघ ४ गते, आइतबारबाट आयोजना प्रभावित स्थानियहरूका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । उक्त शेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर  (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

२. न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

३. साहस उर्जा कम्पनी लिमिटेड

साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

४. शुभम पावर लिमिटेड

शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल भदाै २७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिबिआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।

५. इमर्जिङ्ग नेपाल लिमिटेड

इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख कित्ता साधारण शेयर  (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल जेठ २३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

६. सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर  (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । 

७. तेह्रथुम पावर कम्पनी लिमिटेड 

तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

८. हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।

९. विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

१०. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर  (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

११. ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेड

ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर  (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल वैशाख ९ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

१२. मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरकाे १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत माघ ७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

१३. रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेड

रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २५ गते बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले स्थानियका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १०० रूपैयाँको दरमा र सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १२० रूपैयाँको दरमा बिक्री गर्न अनुमति मागेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।