Like us!
Follow us!

आजदेखि अरु बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क लाग्ने

आजदेखि अरु बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क लाग्ने

लगानी खबर, काठमाडौँ - आज (माघ १ गते, बिहीबार) देखि अन्तर बैंक एटीएमबाट दिइएको नि : शुल्क कारोबारको सुविधा बन्द भएकाे छ । नेपाल राष्ट्र बैंकले पाैष २३ गते बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको थियाे । 

अब एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्काे बैंक तथा वित्तीय संस्थाकाे एटिएममा प्रयाेग गर्दा मासिक न्यूनतम २ वटा काराेबारसम्म नि:शुल्क गर्नुपर्नेछ र २ वटा भन्दा बढी काराेबारकाे हकमा प्रति काराेबार २० रूपैयाँसम्म शुल्क लाग्नेछ ।

नेपाल राष्ट्र बैंकले भदौ १४ गतेदेखि अन्तरबैंक एटीएम कारोबार निःशुल्क गरेको थियाे । लकडाउनको अवधिमा जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा शुल्क लाग्दैन थियाे ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।