लगानी खबर, काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड दुवै बैंकले विभिन्न खातामा आज (माघ १ गते, बिहीबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेका छन् ।
दुवै बैंकहरूले सार्वजनिक गरेका नयाँ व्याजदर अनुसार ग्लोबल आइएमई बैंक लिमिटेडले बचत खातामा न्यूनतम २% व्याजदर निर्धारण गरेको छ भने प्रभु बैंक लिमिटेडले बचतको न्यूनतम व्याजदर २% र अधिकतम व्याजदर ४% निर्धारण गरेको छ ।
यसैगरी, ग्लोबल आइएमई बैंक लिमिटेडले व्यक्तिगत मुद्दति खातामा अधिकतम ७% व्याज निर्धारण गरेको छ भने प्रभु बैंक लिमिटेडले व्यक्तिगत मुद्दति खातामा अधिकतम ७.५०% व्याजदर निर्धारण गरेको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंक लिमिटेडले स्थिर व्याजदरको लागि न्यूनतम ७.९९% अधिकतम १३.९९% सम्म व्याजदर निर्धारण गरेकाे छ भने प्रभु बैंक लिमिटेडले स्थिर व्याजदरको लागि न्यूनतम ९.९९% देखि अधिकतम ११.९९% व्याजदर निर्धारण गरेको छ ।
अन्य जानकारीका लागि दुवै बैंककाे व्याजदर हेर्न सक्नुहुनेछ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।