Like us!
Follow us!

लाभांश पारित गर्न सेन्ट्रल फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न सेन्ट्रल फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं – सेन्ट्रल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

फाइनान्सकाे पाैष २८ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे २४औं वार्षिक साधारण सभा माघ २३ गते, शुक्रबार फाइनान्सकाे कर्पाेरेट भवन, कुपण्डाेल, ललितपुरमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा फाइनान्सकाे पाैष १२ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरि कुल १०  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा फाइनान्सकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ १२ गतेदेखि माघ २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fffb4fbcc70e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।