Like us!
Follow us!

नबिल बैंकको ३५.२६% लाभांश पारित

नबिल बैंकको ३५.२६% लाभांश पारित

लगानी खबर, काठमाडौँ -  नबिल बैंक लिमिटेडको  बैंककाे ३६ औं वार्षिक साधारण सभा आज पौष २९ गते बुधबार सम्पन्न भएकाे छ ।

सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बसेको उक्त सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारण सभामा पेश गरेअनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६% लाभांश दिने प्रस्ताव पारित गरेको छ । 

यसैगरी, साधारण सभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएका छन् । । 

आर्थिक वर्ष २०७६/७७ मा निजी क्षेत्रका बैंकहरूमध्ये उच्चतम मुनाफा ३  अर्ब ४६ करोडर रूपैयाँ हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६.१६ रूपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३७ अर्ब रूपैयाँ पुर्याएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पूँजी यस बर्ष १३ अर्ब ४८ करोड रूपैयाँ नाघेको छ ।


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।