Like us!
Follow us!

सोनापुर मिनरल्सले आइपिओ निष्कासन गर्ने

सोनापुर मिनरल्सले आइपिओ निष्कासन गर्ने

लगानी खबर, काठमाडौं – सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा आइपिओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आइपिओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे पाैष २६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा माघ २२ गते, बिहीबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, बत्तीसपुतली, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) प्रिमियममा निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यसका साथै सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ffea98c06960.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।