Like us!
Follow us!

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं – विभिन्न २ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (पुस २९ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

१. तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड

तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले साधारण सभा तथा बाेनस वितरण गर्ने प्रयाेजनकाे निमित्त माघ २ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । भाेलि माघ १ गते सार्वजनिक बिदा परेकाे हुनाले आज (पुस २९ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा बाेनस प्राप्त गर्न सक्नेछन् । बैंककाे पुस २२ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १४औं वार्षिक साधारण सभा माघ १५ गते बिहीबार अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट, सुख्खानगर, रूपन्देहीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंककाे पाैष १ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशतले हुन आउने १० करोड ८७ लाख ८७ हजार ६ सय ३२ रुपैयाँ ५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसैगरी, सभामा तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ । सभामा सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९६ शेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइनेछ ।

२. नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि माघ २ गतेदेखि माघ १५ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । भाेलि सार्वजनिक बिदा परेकाे हुनाले आज (पुस २९ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे पुस ९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको ३२औं वार्षिक साधारण सभा माघ १५ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०:३० बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।