Like us!
Follow us!

राष्ट्र बैंकले गर्यो स्वावलम्बन लघुवित्तको २०% लाभांश स्वीकृत

राष्ट्र बैंकले गर्यो स्वावलम्बन लघुवित्तको २०% लाभांश स्वीकृत

लगानी खबर, काठमाडौँ - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश नेपाल राष्ट्र बैंक लिमिटेडले स्वीकृत गरेकाे छ । बैंककाे पाैष २७ गते साेमबारकाे पत्रले स्वीकृति प्रदान गरेकाे संस्थाले नेप्सेमा एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

संस्थाकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5ffe7fa0a9aca.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।