Like us!
Follow us!

७ वटा फाइनान्सको साधारण सभा आज हुँदै, कुनको कति लाभांश ?

७ वटा फाइनान्सको साधारण सभा आज हुँदै, कुनको कति लाभांश ?

लगानी खबर, काठमाडौं – आज (पुस २९ गते, बुधबार) विभिन्न ७ वटा फाइनान्सहरूकाे साधारण सभा हुँदैछ । 

बुधबार साधारण सभा गर्न लागेका फाइनान्सहरूकाे विवरण यस प्रकारकाे छ :

१. गुडविल फाइनान्स लिमिटेड

गुडविल फाइनान्स लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे २६औँ वार्षिक साधारण सभा हाेटल क्राउन इम्पेरियल, रविभवन काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा फाइनान्सकाे पाैष ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ८.४ प्रतिशत बोनस शेयर र ३.६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पाैष १७ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लाेज गरेकाे छ । त्यसैले पाैष १६ गतेसम्म नेप्सेमा कायम भइ काराेबार भएका शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

२. पोखरा फाइनान्स लिमिटेड

पोखरा फाइनान्स लिमिटेडकाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे २४औँ वार्षिक साधारण सभा दरबारथाेक ब्याक्ङ्क्वेट, पाेखरामा बिहान ९ बजेबाट सुरू हुनेछ । सभामा फाइनान्सकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पाैष १७ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लाेज गरेकाे छ । त्यसैले पाैष १६ गतेसम्म नेप्सेमा कायम भइ काराेबार भएका शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. मञ्जुश्री फाइनान्स लिमिटेड

मञ्जुश्री फाइनान्स लिमिटेडकाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे १३औँ वार्षिक साधारण सभा कम्पनीकाे कार्यालय, नयाँ बानेश्वर, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा फाइनान्सकाे मंसिर २१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गते बुकक्लोज गरेको थियाे । त्यसैले, पाैष १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे पाैष ६ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे २६औँ वार्षिक साधारण सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडाैँमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा फाइनान्सकाे मंसिर १५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७.३७ बोनस शेयर र ३.१६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले, पाैष १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. आईसीएफसी फाइनान्स लिमिटेड

आईसीएफसी फाइनान्स लिमिटेडकाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे १७औँ वार्षिक साधारण सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा फाइनान्सकाे मंसिर २१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १०.५० प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पाैष १९ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लाेज गरेकाे छ । त्यसैले पाैष १८ गतेसम्म नेप्सेमा कायम भइ काराेबार भएका शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

६. प्रोग्रेशिभ फाइनान्स लिमिटेड

प्रोग्रेशिभ फाइनान्स लिमिटेडकाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे २४औँ वार्षिक साधारण सभा ज्यापू, प्रज्ञा भवन, भाेलगणेश, ललितपुरमा दिउँसाे १ बजेदेखि वेभिनार मार्फत सञ्चालन हुनेछ । फाइनान्सले लाभांश प्रस्ताव गरेकाे छैन । 

७. युनाइटेड फाइनान्स कम्पनी लिमिटेड

युनाइटेड फाइनान्स कम्पनी लिमिटेडकाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको २६औं वार्षिक साधारण सभा कम्पनीकाे केन्द्रिय कार्यालय, आइजे प्लाजा, दरबारमार्ग, काठमाडौंमा बिहान ११:३० बजेबाट  भर्चुअल माध्यमार्फत सुरू हुनेछ । कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । कम्पनीकाे मंसिर २४ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले  संस्थाको वित्तीय अवस्था थप सवल र शशक्त बनाउन आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे । कम्पनीले साधारण सभा प्रयाेजनका लागि  पुस १४ गतेदेखि २९ गतेसम्म बुकक्लाेज गरेको छ । त्यसैले, पुस १३ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।