लगानी खबर, काठमाडौं – हिमालयन डिष्टिलरी लिमिटेडकाे बीसाैँ वार्षिक साधारण सभा आज (पुस २९ गते, बुधबार) हुँदैछ ।
कम्पनीकाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कम्पनीकाे केन्द्रिय कार्यालय, पर्सामा हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले निर्णय गरे अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५० प्रतिशत बोनस शेयर र कर सहित ५० प्रतिशत नगद गरि कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १७ गते एक दिन कम्पनीकाे बुकक्लोज गरेको थियाे । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।