Like us!
Follow us!

शाइन रेसुङ्गा र कामना सेवा बैंकको साधारण सभा आज हुँदै

शाइन रेसुङ्गा र कामना सेवा बैंकको साधारण सभा आज हुँदै

लगानी खबर, काठमाडौं – आज (पुस २९ गते, बुधबार) २ वटा विकास बैंकहरूकाे साधारण सभा हुँदैछ । कामना सेवा विकास बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे साधारण सभा आज हुन लागेकाे हाे ।

कामना सेवा विकास बैंक लिमिटेडकाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १४औं वार्षिक साधारण सभा पार्क भिलेज रिसाेर्ट, बूढानीलकण्ड, काठमाडाैँमा बिहान १० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंककाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ४.४० प्रतिशत  बोनस शेयर र ०.२३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ४.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १६ गते एकदिन बुकक्लोज गरेको छ । त्यसैले, पाैष १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १२औं वार्षिक साधारण सभा बैंककाे केन्द्रिय कार्यालय भवन, कालिकानगर, बुटवल, रूपन्देहीमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा बैंककाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंक मर्ज भएको २ वर्षसम्म बोनसमा कर नलाग्ने हुँदा बैंकले नगद लाभांश वितरणको प्रस्ताव गरेको छैन ।  बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १६ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले, पाैष १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसका साथै, सभामा दुवै बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।