Like us!
Follow us!

चन्द्रागिरी हिल्सको आइपिओ पाउनलाई भाग्यमा भर पर्नुपर्ने : १२ लाख ५१ हजारले दिए आवेदन

चन्द्रागिरी हिल्सको आइपिओ पाउनलाई भाग्यमा भर पर्नुपर्ने : १२ लाख ५१ हजारले दिए आवेदन

लगानी खबर, काठमाडौँ - चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर (आइपीओ) काे आज अन्तिम दिन पनि लगानीकर्ताको उस्तै ओइरो लागेकाे छ ।

अन्तिम दिन बेलुका ५ बजेसम्ममा १२ लाख ५१ हजार १० जना आवेदकले २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताकाे लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएकाे छ । याे सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा १७.५३ गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएकाले थाेरै तलमाथि हुन सक्नेछ ।

कम्पनीले पुस २४ गते शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ कराेड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरकाे १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियाे । 

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।